काठमाडौं, असार १६ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतल निवासमा आज बिहीबार मध्यान्ह भेटघाट भएको छ । राष्ट्रपतिलाई भेटन प्रधानमन्त्री ओली शीतल निवास जानुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली नियमित भेटका लागि शीतलनिवास जानुभएको र भेट गरी बालुवाटार फर्किसक्नुभएको प्रेस विज्ञ बजगाईले जानकारी दिनुभयो । सरकारको कार्य प्रगति तथा अन्य गतिविधिका बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउने प्रावधान छ । सोही सिलसिलामा प्रधानमन्त्री शीतलनिवास जानुभएको उहाँको सचिवालयले जनाएको छ ।






