भारतमा ३२ करोडभन्दा बढीले खोप लगाए

  असार १३, २०७८

काठमाडौं, असार १३ : भारतमा कोरोनाभाइरसका ५० हजार ४० जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ५७ हजार ९४४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९२ लाख ५१ ह्जार २९ जना कोरोनामुक्त भएका छन् । हाल पाँच लाख ८६ हजार ४०३ जना सक्रिय सङ्क्रमित छन् ।

कोरोनामुक्त हुने दर ९६.७५ प्रतिशत पुगेको छ । हालसम्म तीन लाख ९५ हजार ७५१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ । गएको चौबीस घण्टामा ६४ लाख २५ हजार जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ३२ करोड १७ लाख जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् ।

तपाईको प्रतिक्रिया