काठमाडौं, असार ११ : इजरायलमा कोरोनाभाइरस सङ्क्रमितको संख्यामा बृद्धि भएपछि मास्क अनिवार्य लगाउनुपर्ने ब्यवस्था पुर्नलागू गरिएको छ । गत् महिना शून्य सङ्क्रमित दत्र्ता गरिएको इजरायलमा हाल दैनिक एक सयभन्दा बढी सङ्क्रमित थपिदै आएका छन् । अधिकांश सङ्क्रमितमा कोरोना भाइरसको डेल्टा स्वरुप फेला परेको छ । इजरायल कोभिड-१९ को सामना गर्ने विश्वकै एक उदाहरणीय देशको रुपमा प्रस्तुत हुँदै आएको छ ।
इजरायलले कोभिड १९ बिरुद्धको खोप अभियानलाई समेत प्रभाबकारी रुपमा सञ्चालन गरेको छ । कुल जनसंख्याको पचास प्रतिशत करिब ९३ लाख ब्यक्तिले पूर्ण वा आशिंक खोप लगाएका छन् । इजरायलको कोरोना प्रतिकार्य प्रमुख नेकमन एशले सङ्क्रमितको संख्या बढ्दै जाँदा घरभित्र समेत मास्क अनिवार्य लगाउनुपर्ने ब्यवस्था पुनः राखिएको बताउनुभयो । “प्रत्येक केही मात्रै दिनको अन्तरमा सङ्क्रमितको संख्या दोब्बर भएको छ, जुन चिन्ताजनक हो,” उहाँले भन्नुभयो ।
बुधबार उत्तरी इजरायलको बिन्यामिना शहरमा सङ्क्रमित हुने उच्च दरले बृद्धि भएको छ । शहरलाई ‘रेड जोन’भित्र राखिएको छ । सन् २०१९ को अन्त्यमा केही मात्रै सङ्क्रमित पुष्टि भएको इजरायलमा जनवरी महिना नबित्दै दैनिक ६० हजारभन्दा बढी सङ्क्रमित दत्र्ता भएको थियो । इजरायलमा हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार ४०० बढीले ज्यान गुमाएका छन् ।






