भारतमा ५४ हजार कोरोना संक्रमित थपिए

  असार १०, २०७८

काठमाडौं, असार १० : भारतमा गएको २४ घण्टामा ५४ हजार ६९ जना सङ्क्रमित भएका छन् । १८ लाख ५९ हजार ४६९ नमूना परीक्षण गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा हाल छ लाख २७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ८२ हजार ७७८ पुगेको छ ।

गएको २४ घण्टामा एक हजार ३२१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख ९१ ह्जार ९८१ जनाले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा ६८ हजार ८८५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ९० लाख ६३ हजार ७४० सङ्क्रमित निको भएका छन् ।

गएको २४ घण्टामा ६४ लाख ८९ हजार जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । हालसम्म भारतमा ३० करोड १६ लाख २६ हजार २८ जनाले कोभिड विरुद्धको खोप लगाएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया