काठमाडौं, असार १० : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)का माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आज दिउँसो २ बजेदेखि सम्पादकहरुसँग छलफल सुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दोस्रो पटक पनि प्रतिनिधिसभा विघटन भएपछि विपक्षी गठबन्धनले पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा सम्पादकहरुसँग अन्तरक्रियात्मक छलफल गर्न लागेको बताइएको छ ।
छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राजमोका प्रमुख नेताहरु हुनुहुन्छ ।
छलफलमा शीर्ष नेताहरुले आआफ्ना धारणा राख्नुहुने काँग्रेस सभापति देउवाका प्रेस संयोजक भानु देउवाले जानकारी दिनुभएको छ ।