सिन्धुपाल्चोकको मेलम्चीमा बाढीपहिरोको कारण बुझ्न विज्ञको टोली जाँदै

  असार ०५, २०७८

काठमाडौं, असार ५ : सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोको कारणबारे स्थलगत अध्ययन गर्न विज्ञ टोली आज त्यसतर्फ जाने भएको छ ।

ठूलो बाढी आउने गरी पानी नपरेको देखिए पनि अनपेक्षित रुपमा बाढी कसरी आयो भन्नेबारे बुझ्न स्थलगत रुपमा अनुसन्धान गर्न विज्ञ टोली जान थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

बाढीपहिरो विज्ञ, सिँचाइ विभाग, खाने तथा भूगर्भ विभाग र जल तथा मौसम विभागको टोली त्यसतर्फ जान लागेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

टोलीले मेलम्चीको माथिल्लो स्थलमा के कारणले घटना भयो भन्नेबारे अनुसन्धान गर्ने र त्यसपछि के कारणले बाढी आयो भन्ने थाहा हुँने उहाँले बताउनुभयो ।
खोलाभन्दा माथिल्लो भागमा पहिरो गएर खोला थुनिएर बाढी आएको आशङ्का गरिएको छ ।

तपाईको प्रतिक्रिया