इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

  असार ०३, २०७८

जाकार्ता, असार २ : इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ११:४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण सङ्कलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया