कालीगण्डकीले बेनी तटबन्ध बगायो, बजार जोखिममा

  असार ०२, २०७८

म्याग्दी, असार २ : लगातारको वर्षा पछि कालीगण्डकीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । जेसिज भवन देखि करिब एकसय मिटर माथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको हो । बुधबार राती देखि नदीमा पानीको सतह उच्च भएको छ । पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढेको हो ।

तटबन्धन भत्किए सँगै बेनी बजार कटानको उच्च जोखिममा परेको छ । यसैगरी बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ । बसपार्क ढुङ्गा र हिलो माटोले पुरिएको छ । पारकिङ गरेर राखेका सवारी सधानहरु हिलो माटो सहितको ढुङ्गा र ग्रेगरले परिन थालेका छन् । त्यस्तै बासपार्कस्थित कालिगण्डकी नदीमा बनाइएको तटबन्धन पनि भत्किन थालेको छ ।

बर्षा नरोकिएकाले अझै नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ । पानीको सतह बढ्ने र नदी किनारका वस्तीहरु कटानको जाखिम भएकाले सर्तकर्ता अपनाउन प्रशासनले सर्वसाधरणहरुमा अनुरोध गरेको छ । यस्तै म्याग्दी नदीमा पनि पानीको सतह बढेको छ । म्याग्दीको उच्च हिमाली भेग र बेनी बजार आसपासमा भारी वर्षा भएको छ । यसैगरी निरन्तरको वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी र पहिरो गएपछि बेनी जोमसोम सडक,बेनी दरवाङ सडक र ग्रामिण सडकहरु पूर्णरुपमा अवरुद्ध भएका छन् ।

तपाईको प्रतिक्रिया