काठमाडौं, जेठ २९ : नेपालमा कोरोनाभाइरसका दुई हजार ३८२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५०६ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३८२ मा संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ६ लाख ६ हजार ७७८ पुगेको जनाएको छ । एन्टीजेन बिधिबाट पोजेटिभ भएका संक्रमितको संख्या १९ हजार ७५७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २७ हजार १११ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८६।९ प्रतिशत पुगेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ६१ जना संक्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट आठ हजार ३६६ जनाले ज्यान गुमाएका छन् ।