कास्की, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बाताउनुभयो । गुरुङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गर्नुभएको हो ।
नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो साथै दुई दिनअघि विश्वासको मत प्राप्त गर्न नसक्नुभएका गुरुङले पुन: दाबी गर्नुभएको छ । मुख्यमन्त्री पदको दाबीका लागि आज ३ बजेसम्मका लागि समय दिइएको थियाे ।