उपत्यकामा ७६४ कोरोना संक्रमित थपिए

  जेठ २७, २०७८

काठमाडौं, जेठ २७ : काठमाडौं उपत्यकामा कोरोनाका ७६४ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ७६४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । काठमाडौंमा हाल दश हजार ५२७, ललितपुरमा चार हजार १७३ र भक्तपुरमा तीन हजार ९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

काठमाडौंमा हालसम्म एक हजार ७४३, ललितपुरमा ५०३ र भक्तपुरमा ३४९ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले काठमाडौंमा हालसम्म एक लाख ९७ हजार ८३, ललितपुरमा ३५ हजार ६४८ र भक्तपुरमा २१ ह्जार २८१ जना सङ्क्रमित भएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया