बसमाथि भवन खस्दा नौ जनाको मृत्यु

  जेठ २७, २०७८

काठमाडौं, जेठ २७ : पाँच तले भवन भत्केर बसमाथि खस्दा दक्षिण कोरियामा कम्तिमा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।

दक्षिण कोरियाको दक्षिणी शहर ग्वाङ्जुमा १७ जना यात्रु बोकेको बस रोकिराखेको अवस्था भवन भत्केर बसमाथि खसेको राष्ट्रिय अग्नि सेवाक अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

भग्नावशेषमा फसेको हुनसक्ने आशंकामा खोजी कार्य जारी रहेको छ । भवन भत्किनु अघि वरिपरिका सबै कामदारलाई खाली गराइसकिएको भएपनि भवन बसमाथि खस्न पुगेको थियो ।

तपाईको प्रतिक्रिया