उपत्यकामा एक हजार २२६ सङ्क्रमित थपिए

  जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार २२६ सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा एक हजार २२६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरि तीन हजार ८७० सङ्क्रमित थपिएकोमा करीब एक तिहाइ काठमाडौं उपत्यकामा छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८३६, ललितपुरमा २६९ र भक्तपुरमा १२१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले काठमाडौंमा हाल ११ हजार ४२३, ललितपुरमा चार हजार ५०१ र भक्तपुरमा तीन हजार ४५४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ। काठमाडौंमा हालसम्म एक हजार ७२८, ललितपुरमा ४९६ र भक्तपुरमा ३४५ जनाले कोरोना सङ्क्रमणले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया