काठमाडौं, जेठ २५ : भारतमा २४ घण्टाभित्र थपिने सङ्क्रमित पछिल्लो दुई महिना यताकै सबैभन्दा कम दत्र्ता गरिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार ४९८ सङ्क्रमित थपिएका हुन् । २४ घण्टामा थपिएको सङ्क्रमित ६६ दिन यताकै सबैभन्दा कम हो । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ८९ लाख ९६ हजार ४७३ पुगेको छ ।
समाचार संस्था एएनआईका अनुसार भारतमा हाल १३ लाख तीन हजार ७०२ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक लाख ८२ हजार २८२ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ७३ लाख ४१ ह्जार ४६२ जना कोरोनामुक्त भएका छन् ।
चैबीस घण्टामा दुई हजार १२३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट तीन लाख ५१ ह्जार ३०९ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म ३६ करोड ८० लाख नमूना परीक्षण गरिएको छ । भारतको औषधी विज्ञान अनुसन्धान परिषद्ले कोरनोबाट निको हुने दर ९४.२९ प्रतिशत पुगेको जनाएको छ । भारतमा हालसम्म २३ करोड ६१ लख ९८ हजार ७२६ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।