फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध

  जेठ २४, २०७८

सुर्खेत, जेठ २४ : नेकपा एमालेले फौजदारी अभियोगमा सजाए पाएका व्यक्तिलाई कर्णाली प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेको भन्दै बर्खास्त गर्न माग राखेर प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आजदेखि सुरु भएको प्रदेशसभाको बैठकको सुरुमै एमाले संसदीय दलका नेता यामलाल कंडेलले अदालतले अभियोग पुष्टी भइसकेका नैतिक पतन नभएका व्यक्तिलाई सरकारमा राखेको बन्दै नसच्चाएसम्म बैठक चल्न नसक्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकार राजनीतिक अपराधि संलग्न रहेको सरकारका रुपमा रहेको भन्दै सच्चाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक निर्णय लिन पाइनछ तर राजनीतिक अपराध गर्न पाइदैन् । अदालतले अभियोग पुष्टी गरिसकेका व्यक्ति झण्डा हल्लाउँदै यो सम्मानि सभामा आउँदा सभाको मर्यादा हुँदैन् । यो सभा नैतिक मुल्यमान्यताबाट चलेको संस्था हो ।’

कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा मन्त्री भइसके पछि किर्ते जालसाजी मुद्धामा जेल सजाए पाएको खुलेको थियो । मुख्यमन्त्रीले थाहा हुँदाहुँदै पनि मन्त्री पदबाट बखास्त नगरेको भन्दै बिरोध हुँदै आएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उहाँ बैशाख ४ गते मन्त्रीमा नियुक्ती हुनु भएको थियो ।

नेता कंंडेलले अभियोग प्रमाण्ति भइसकेको व्यक्ति सार्वजनिक जिम्मेवारीमा बस्न नपाउने व्यवथा हुँदाहुँदै प्रदेश सरकारले संरक्षण गेको बताउनुभयो । उहाँले यस अघि पनि यस्ते परिस्थिति आउँदा मुख्यमन्त्रीले अभियोग नै प्रमाणित नभई तत्तकाल बखास्त गरेको र अहिले पनि त्यही हुनुपर्ने भएपनि राजनीतिक अपराधिलाई संरक्षण गरेको आरोप लगाउनुभयो ।

उहाँले यो स्थिति कायम रहँदासम्म प्रश्न चिन्ह उठ्ने र अरु प्रदेश सभा सदस्य मुखदर्शक भएर बस्दा सभाको मुल्य , मान्यता र लोकतन्त्र के हुन्छ भनेर प्रश्न गर्नुभयो । एमालेले अवरुद्ध गरे पनि बैठक आधा घण्टाका लागि स्थिगित भएको छ ।

दोस्रो पटक पनि प्रदेशसभाको बैठक स्थगित, मन्त्री बर्खास्त नगरेसम्म बैठक चल्न नदिने एमालेको अडान
नेकपा एमालेले फौजदारी अभियोगमा सजाए पाएका मन्त्रीलाई बर्खास्त नगरेसम्म प्रदेशसभाको बैठक चल्न नदिने भन्दै दोस्रो पटक अवरुद्ध गरे पछि भोलिसम्मका लागि बैठक स्थगि भएको छ ।

कर्णाली प्रदेश सरकारमा फौजदारी अभियोगमा सजाए पाएका व्यक्तिलाई मन्त्रीलाई नियुक्ती गरेको भन्दै बर्खास्त गर्न पहिलो बैठकमा माग गरेकोल थियो । त्यसपछि आधा घण्टाका लागि प्रदेशसभाको बैठक स्थिगित भएको थियो । दोस्रो बैठक पनि सुरु हुने वित्तिकै मन्त्री बर्खास्तको माग राखेर अवरुद्ध गरे पछि सभामुख राजबहादुर शाहीले भोलि मंगलबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थिगित भएको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा मन्त्री भइसके पछि किर्ते जालसाजी मुद्धामा जेल सजाए पाएको खुलेको थियो । मुख्यमन्त्रीले थाहा हुँदा हुँदै पनि मन्त्री पदबाट बखास्त नगरेको भन्दै बिरोध हुँदै आएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिए पछि उहाँ बैशाख ४ गते मन्त्रीमा नियुक्ती हुनु भएको थियो ।

तपाईको प्रतिक्रिया