राउटे युवतीलाई होटलमा लगेर यौनदुर्व्यवहार गर्ने तीन जना पक्राउ

  जेठ २४, २०७८

सुर्खेत, जेठ २३ : राउटे समुदायका युवतीलाई होटलमा लगेर यौनजन्य दुर्व्यवहारर गर्ने तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुले राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर उनीहरुलाई मदिरा सेवन गराएर दुर्व्यवहार गरेको मिडियो सामाजिक संंजालमा भाइरल भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले उपलब्ध भिडियो र सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका वाड नं ९ का होटल संचालक २९ वर्षीय मिलन पुन, सोही ठाउँका २४ वर्षीय भुपेन्द्र बुढामगर र ३५ वर्षीय चमन घर्तीमगर  छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिनुभयो । घुमन्ते जीवन बिताइरहेका राउटे समुदाय अहिले गुर्भाकोट नगरपालिका वडा नं ९ मा बस्दै आएका छन् ।  अहिले प्रहरीको टोली पुगेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया