काठमाडौं, जेठ २३ : काठमाडौं उपत्यकामा कोरोना भाइरसका एक हजार १३१ सङ्क्रमित थपिएका छन् । आइतबार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १३१ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरि तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले काठमाडौं जिल्लामा ७३१, ललितपुरमा २५४ जना र भक्तपुरमा १४६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।






