बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै संक्रमित भेटिए

  जेठ २३, २०७८

काठमाडौं, जेठ २२ : बेलायतमा दुई महिनायता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । बेलायतको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका हुन् ।

शुक्रबार बेलायतमा दुई हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो ।

बेलायतमा हालसम्म कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया