काठमाडौं, जेठ २२ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ ।
केही हप्ताअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले पेट्रोल, डिजेल, मट्टितेल मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको निगमले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
यसै गरि आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटरमा दुई रुपैयाँले बढेको छ । निगमका अनुसार आज राती १२ बजे पछिबाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ हुने भएकाे छ ।
मट्टितेल र डिजेलको १०८ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपालमा पनि मूल्य बढाउन बाध्य भएको निगमको भनाई छ ।
यस्तै अवस्था रहे आगामी दिनमा पनि निगमले इन्धनको मूल्य बढाउन बाध्यता अवस्था आउने समेत बताएको छ ।