उपत्यकामा ९३७ कोरोना संक्रमित थपिए

  जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९३७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ९३७ सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले काठमाडौंमा ७२३, ललितपुरमा १४१ र भक्तपुरमा ७३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयले काठमाडौंमा हालसम्म एक लाख ९३ हजार ५०७ जना, ललितपुरमा ३४ हजार ६५९ र भक्तपुरमा २० हजार ६९५ सङ्क्रमित संख्या पुगेको जनाएको छ ।

काठमाडौंमा हाल १३ हजार १५९, ललितपुरमा पाँच हजार ११८ र भक्तपुरमा तीन हजार ७६७ मा सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक हजार ६७६, ललितपुरमा ४७५ र भक्तपुरमा ३३४ जना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया