केन्द्र बनेसँगै बन्न थाले पक्की संरचना

  जेठ २२, २०७८

कालीकोट, जेठ २२ : कालीकोट जिल्लाका नौ स्थानीय तह मध्य आठ स्थानीय तहले आफ्नो स्थायी केन्द्र तोकेर त्यँहीबाट काम सुरु गरिरहेका छन् । सबैभन्दा पहिला रास्कोट नगरपालिकाले स्युनामा केन्द्र तोक्यो भने शुभकालिका गाउँपालिकाले सुकाटियामा केन्द्र तोकेर कामकाज गर्न सुरु गरेको थियो ।

जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले एक वर्ष पछि २०७५ साल असारको पहिलो साता गाउँपालिका केन्द्र तोकेको थियो । २२ जना स्थानीयले गाउँपालिकाको केन्द्र वनाउन निशुल्क जग्गा उपलब्ध गराएपछि कुनै बिवाद विना स्थाई केन्द्र साविकको मेहेलमुडी गाबिसको वडा नं ७ हालको वडा नं ६ लाई वनाईएको थियो । केन्द्र वनेसंगै मेहेलमुडीमा पक्की संरचना पनि वन्न सुरु भएका छन् । गाउँपालिकाले पनि आफ्नो भवन वनाउन सुरु गरे लगतै अन्य स्थानीयले पनि आ आफ्ना पक्की घर वनाउन सुरु गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रवहादुर शाहीले जग्गा गाउँपालिकाको नाममा आए पनि सुरुमा खासै संरचना वनाउने तिर कसैको ध्यान नगएपनि पछिल्लो समयमा भने गाउँपालिका वरीपोरी पक्क संरचना वनाउनेको संख्या बढिरहेको बताउनुभयो । हामी आफ्नो भवन वनाउन सुरु गरेपछि स्थानीयले पनि अव स्थाई केन्द्र पक्का हुने बिश्वास लिएर संरचना तयार गर्न थालेको वताउनुभयो । राजनिति हो ।
प्रमुख शाहीले स्थानीयमा कहिले के हुन्छ कहिले के राजनितिमा अरुले दवाफ दिएर अन्त पनि जान सक्छ की भन्ने संकामा रहेका कारणले सुरुमा आफ्ना घर वनाउन नसकेको सुनाउन थालेको वताउनुभयो । शाहीका अनुसार स्थानीयले आजभोली भन्छन् , जव गाउँपालिकाले आफ्नो भवन वनाउन सुरु गर्यो वल्ल बिश्वास लाग्यो अनि हामी पनि वनाउन थाल्यौ । स्थाई केन्द्रमा नागरिकको आक्रषण वढेपछि गाउँमा पनि शहरका जस्तै पक्की संरचना वन्न थालेका छन् । सबै अधिकार र सेवा गाउँमै दिने भनेर घोषणा गरेका स्थानीय सरकारले सेवा पनि बिस्तारै वढाउन थालेका छन् ।

घुम्ती सेवा भएपनि गाउँमा वर्षमा एक पटक नागरिक्ता दिन थालिएको छ भने स्वास्थ्य सेवा देखि अन्य सेवा गाउँमै बिस्तार गर्न थालेपछि गाउँ छोडेर शहर जानेहरु पनि कम हुदै गएका छन् । एमाले नेतृ पावृती सिहं सज्यालले शहर भन्दा गाउँमा घर वनाउन नागरिकको आक्रमण वढेको वताउनुभयो । नागरिक संग प्रत्यक्ष सम्वन्ध गाउँमा हुने भएकाले नेताहरु पनि गाउँ फर्किन थालेका छन् । नेतृ सज्यालले राजनिति होस या अन्य कुनै समाज सेवाका लागि समाजिक मान्छेलाई गाउँमा पनि वस्ने संरचना चाहिने भएकाले गाउँमा राम्रो संरचनाको बिकास हुन सुरु भएको वताउनुभयो । गाउँपालिकाको केन्द्र रहेको ठाउँमा क्याम्पस समेत रहेछ । माध्यमिक बिद्यालय, वहुमुखि क्याम्पस समेत संगै रहेका शान्नीत्रिवेणी गाउँपालिकाको आपपासमा नागरिकको आक्रषण वढिरहेको छ । पुर्व गाउँबिकास समितिका अध्यक्ष नयाँराम सज्यालले सेवा सुबिधाले नागरिक आक्रषित हुने भएकाले गाउँपालिका आसपासमा मान्छेको चाप बढेको बताउनुभयो । अहिले केन्द्रको आसपासमा धमाधम नयाँ घर बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया