उठू मधेशी, जागू मधेशी बोलको गीत सार्वजनिक

  जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य केशव झाले ‘उठू मधेशी, जागू मधेशी…’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

उक्त गीतमा झाकै शब्द, संगित र स्वर रहेको छ भने गीत रचना गर्न करिब पाँच वर्ष लागेको उहाँले बताउनुभयो । ‘उठू मधेशी, जागू मधेशी…’ बोलको गीत मैथिली भाषामा रहेको छ ।

उहाँले गीतमार्फत अधिकारका लागि मधेशी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश दिन खोज्नुभएको छ ।
गीतमा मौका चिन्न सकिएन भने अधिकार गुम्ने, सहिदहरुको सपना र बलिदानी ब्यर्थ हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया