काठमाडौं, जेठ २१ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ३८४ सङ्क्रमित थपिएका छ्न् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ३८४ सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार काठमाडौंमा ८९७, ललितपुरमा २९९ र भक्तपुरमा १८८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा हाल १३ हजार ९६७, ललितपुरमा पाँच हजार ६०९ र भक्तपुरमा चार हजार ४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
काठमाडौंमा हालसम्म एक लाख ९२ हजार ७८४, ललितपुरमा ३४ हजार ५१८ र भक्तपुरमा २० हजार ६२२ जनामा भाइरसबाट सङ्क्रमित भएका छन् । काठमाडौंमा हालसम्म सार्स–कोभ–२ बाट एक हजार ६७८, ललितपुरमा ४६४ र भक्तपुरमा ३३१ जनाको मृत्यु भएको छ ।






