इनरुवा, जेठ २१ : सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । जनताको सहजताका लागि टोलमै पुगेर घरबाट बोलाउँदै निःण्ज्ञशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाउँना साथ उपमहानगरको स्वास्थ्य टोली समुदायमै पुगेर परीक्षण गर्ने गरेको हो ।
परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिन्छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ । एक दिनमा सयभन्दा बढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शुल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निशुल्क परीक्षण गरिरहेको हो ।‘अहिले परीक्षण गरेकै दिन रिर्पोट आउने गरेको छ,’ स्वास्थ्य शाखाकी पुजा भटटराईले भन्नुभयो “हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो, ढिलो हुँदा पनि भोलिपल्ट त आउँछ ।’
प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो । इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्था बुझ्ने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गर्नुभएको छ । इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरुसँग जुम छलफल कार्यक्रम समेत गरेको छ ।
इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० वेडको अक्सिजनसहितको आइसोलेसनवाट संक्रमित नगरवासीले सेवा लिइरहेका छन् । उता, भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिकाले पनि वडा तहमा नै स्वाब संकलनको कार्य सुरु गरेको छ । समुदायमा कोरोनाको लक्षण भएकाहरुलाई र अन्यलाई पनि पिसीआरका लागि स्वाव दिन आग्रह गर्दै स्वाव संकलन शिविरनै चलाएको छ ।






