काठमाडौं, जेठ २१ : नवानियुक्त मन्त्रीहरुको सपथग्रहण साँझ ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार साँझ ८ बजे सपथ ग्रहण राखिएको र पत्रकारहरुलाई औपचारिक पोशाकमा आउन निम्तो गरिएको बताउनुभयो । यसअघि सँझ ६: ३० बजे सपथ ग्रहण हुने तय भएकाे भए पनि पछि समय सारिएकाे बताइएकाे छ ।






