भारतमा एक लाख ३२ हजार सङ्क्रमित थपिए

  जेठ २१, २०७८

काठमाडौं, जेठ २१ : भारतमा कोरोनाभाइरसका एक लाख ३२ हजार ३६४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ७५ हजार ४२८ नमूनाको परीक्षण गरिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई करोड ८४ लाख ४१ ह्जार ९८६ पुगेको छ । भारतमा हाल १६ लाख ३५ हजार ९९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्रमित ७७ हजार ४२० ले कमी आएको छ । दैनिक सङ्क्रमण दर ६.३८ प्रतिशत छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ७१३ जनाको मृत्यु भएको छ । हालसम्म तीन लाख ४० हजार ७०२ सङ्क्रमितको मृत्यु भएको हो । एकैदिन दुई लाख सात हजार ७१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड ६५ लाख ९७ हजार ६५५ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म ३५ करोड ७४ लाख ३३ हजार ८४६ नमूना परीक्षण गरिएको छ । कोभिड १९ बिरुद्धको खोप लिनेको संख्या २२ करोड ४१ लख नौ हजार ४४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया