सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठक शुक्रबारलाई बोलाइयो

  जेठ २०, २०७८

काठमाडौँ, जेठ २० : कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि सर्वोच्चको पूर्ण बैठक शुक्रबार बोलाइएको छ । बैठक पूर्वनिर्धारित हो । पूर्ण बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने पनि अपेक्षा गरिएको छ ।

पछिल्लो पटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बैठक पूर्वनिर्धारित भएको र कोभिडबाट संचुकन भएको सेवा प्रवाह व्यवस्थित गर्ने नै मुख्य एजेण्डा भएको बताउनुभयो ।

सुंवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रंक्रिया पूर्ण बैठक (फूलकोर्ट) बाट अघि बढ्नेछ । हाल सर्वोच्चले कोभिडका कारण सार्वजनिक सरोकारका रिट निवेदन, र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । कतिपय मुद्दाको सुनुवाइलाई समेत अर्चुअल बनाइएको छ । निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका लागि पूर्ण बैठक बोलाइएको हो ।

तपाईको प्रतिक्रिया