कराँचीमा छायाङ्कनकै क्रममा सुरक्षा पालेले अन्धाधुन्ध फायरिङ गरे

  जेठ २०, २०७८

काठमाडौं, जेठ २० : पाकिस्तानको कराँचीमा टेलिभिजन कार्यक्रमको छायाङ्कनको क्रममा सुरक्षा पालेले अन्धाधुन्ध गोली चलाउँदा नौ जना घाइते भएका छन् । छायाङ्कन भइरहेको बंगलामा पाले कार्यरत रहेका थिए ।

डाँन समाचारका अनुसार कराँचीको रक्षा अधिकारीहरुको निवास नजिकै भइरहेको छायाङ्कनको क्रममा गोली चल्दा २२ देखि ४० वर्ष उमेरका नौ जना घाइते भएका छन् ।

कराँची प्रहरीले एक वक्तब्य जारी गरी सुरक्षा पाले गुल भाइको कार्यक्रमका प्रोड्युसरसँग भनाभन पर्दा अचानक फायरिङ सुरु गरेको उल्लेख गरेको छ । सुरक्षा पालेलाई नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया