ढुंगा, गिटी, बालुवा भारत निकासी विवाद : चुरे तथा गौरवका आयोजनाबाट नभइ खानी पहिचान गरेर मात्र निकासी

  जेठ २०, २०७८

काठमाडौं, जेठ २० : विभिन्न खानीहरुमा प्रयोग विहीन रहेका ढुङगा, गिटी, वालुवा भारत निकासी गरी राज्यको व्यपार घाटालाई कम गर्ने भन्दै सरकारले आर्थिक वर्ष २०७८/२०७९ को बजेटमा उल्लेख गरेको छ । पछिल्लो समय यसै विषयलाई लिएर नकरात्मक प्रचारप्रसार भएपछि सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु बाहेक खानी तथा भूगर्भ विभागले पहिचान गरेको र नीतिगत दृष्टीकोण अनुसार मात्र निकासी गर्ने स्पष्ट पारेको छ ।

बजेट बक्तव्यमा खानीको पहिचान भए पछि वातावरणीय प्रभाव मुल्याङकनको आधारमा मात्र ढुङगा, गिटी, वालुवाको निकासी गर्ने विषय स्पष्ट पारेको हो । वन तथा वातावरण मन्त्रालयले यस विषयमा गम्भिरताका साथ लिएर काम अघि बढाउने पक्षमा रहेको वन तथा वातावरण मन्त्री प्रेम आलेले जानकारी दिनुभयो । पछिल्लो समय तराई चुरे क्षेत्रको ढुङगा, गिटी, वालुवा भारत निकासी गर्दे सरकार भन्ने जस्ता गलत प्रचार भएको भन्दै मन्त्री आलले यस्ता गलत प्रचारको पछि नलाग्न अनुरोध गर्नुहुदै मन्त्रालय देश र जनताको पक्षमा गम्भिर भएर काम अघि बढाउने स्पष्ट पार्नुभयो ।

चुरेभावर लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुबाट निकासी हुदैन, खानी तथा भूगर्भ विभागले पहिचान गर्ने छ र नीतिगत दृष्टीकोणले स्पष्ट भएपछि वातावरणीय प्रभाव मुल्याङकन गरेर मात्र निकासीको काम अघि बढ्ने मन्त्री आलेले जानकारी दिनुभयो । विगतमा चुरे क्षेत्रमा दोहन भएको भन्दै प्राकृतिक स्रोत साधन समितिका तर्फबाट सांसद शान्ता चौधरी सहितको टोलीले चुरे क्षेत्रको दोहन तत्काल रोक्न सरकारलाई निर्देशन दिएको थियो । सोही आधारमा माफियाहरु सल्वलाउने भन्दै जनताले शुरुमै खवरदारी गरेको हो यसप्रति सरकार सचेत बनेर काम अघि बडाउनु पर्ने वातावरण पत्रकार समूहका कोषाध्यक्ष सविन शर्माले बताउनुभयो ।

ढुङगा गिटी बालुवा निकासी गर्ने भनेको तर चुरेकै विक्री गर्ने भन्ने कहीँ पनि उल्लेख छैन । नेपालको व्यापार घाटा बेहोर्न केही स्थानमा सदुपयोग गर्नु पर्ने ढुङगा, गिटी, बालुवालाई भारतमा निकासी गर्नु पर्छ तर १० वर्ष अघि चुरे क्षेत्रबाट भारतमा विक्री हुने गरेको जस्तो प्रकृति हुनु नहुने उहाँको भनाई छ । बजेटमा उल्लेख गरेकै भरमा राजनितीक संरक्षणमा नेताहरुबाटै उद्योग सञ्चालन गरी भारतमा पैठारी हुने सम्भावना भएको भन्दै यसमा सरकारले स्पष्ट नीतिनै बनाएर अघि बढेर वातावरण संरक्षणमा ध्यान पु-याउन सरकारसँग वातावरण संरक्षणकर्मीहरुले माग गरेका छन् । वन मन्त्रालयले भने निकाशीको नाममा चुरेमै डोजर चलाउने भन्ने नभएको जनायो ।

चुरेमा विनासले केही समय अघि तराई क्षेत्रमा पानीको सतह समेत घट्दै गएको अध्यन प्रतिवेदन सार्वजनिक भएको थियो । त्यसैले चुरे दोहन हुन नदिन हामीसबैको कर्तव्य हो शर्माले भन्नुभयो । तर केही खानी तथा तराईका क्षेत्रमा भने पहाडबाट बगाएर ल्याएका ढुङगा,गिटी, वालुवाले पुरिएको र त्यसलाई निकाल्नु पर्ने अवस्था आएको देखिएको छ । पुल तथा सडक निर्माण गर्दा समेत समस्या हुने गरी थुप्रिएको गिटी वालुवा व्यवस्थाप गर्नु जरुरी भएको छ । गिटी वालुवाले नदि उकासिएको, खोलाको पुल छोएको प्रसस्तै देख्न पाइन्छ , विरोधका लागि विरोध मात्र भन्दा पनि केही समस्याहरु समधान गर्नु पनी जरुरी देखिएको छ यसलाई देशको विकासका लागि प्रयोग गर्नु अनुचित नभएको सरोकारवालाहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया