काठमाडौं, जेठ १९ : नेपालमा कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा आरटीपीसीआरबाट चार हजार ५२४ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । एन्टीजेनबाट ७९२ जनामा पोजेटिभ पाइएको जानकारी दिनुभयो ।
सह प्रवक्ता डा.अधिकारीले हाल एक लाख एक हजार ९९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो । छ हजार ८३२ जना संस्थागत् आइसोलेशनमा र ९५ हजार १३१ जना होम आइसोलेशनमा रहेका छन् । हाल ८३७ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो चौबीस घण्टामा सात हजार २१९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सह प्रवक्ता डा. अधिकारीले पछिल्लो चौबीस घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो ।






