उपत्यकामा एक हजार ५५८ कोरोना संक्रमित थपिए

  जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ५५८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ५५८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना सङ्क्रमितको पुष्टि भएको हो । काठमाडौंमा हाल १४ हजार ५८४, ललितपुरमा छ हजार ३६९ र भक्तपुरमा चार हजार ३०० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

काठमाडौंमा हालसम्म एक लाख ८९ हजार २८८ जना सङ्क्रमित भएका छन् । हालसम्म ललितपुरमा ३३ हजार ६१५ र भक्तपुरमा २० हजार १२४ जना सङ्क्रमित भएका छन् । हालसम्म काठमाडौंमा एक हजार ६२९, ललितपुरमा ४४२ र भक्तपुरमा ३२७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया