एमाले स्थायी कमिटी बैठक बस्दै, कोही पनि अलग नहुने प्रयास जारी

  जेठ १९, २०७८

काठमाडौ, जेठ १८ : नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु हुँदैछ । आज मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक सुरु हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सोमबार साँझ प्रधानमन्त्री पार्टी अध्यक्ष ओली र माधवकुमार नेपाल पक्षका केही नेताहरू बीचमा पार्टी एकताका लागि पुनः प्रयास स्वरुप छलफल गरिएको थियो । पार्टी अध्यक्ष ओली र नेपाल पक्षबीचको बैठकबारे बोल्नुुहुँदै तामाङले स्पष्टीकरण मागिएको सबै नेताहरुले स्पष्टीकरण नबुझाए पनि सम्पर्कमै रहिरहनुभएको बताउनुभयो ।

पार्टीबाट कोही पनि अलग नहोउन् भन्ने प्रयास निरन्तर जारी छ र रहनेछ तामाङले बताउनुभयो । तर अब व्यक्तिगतरुपमै पार्टीमा बस्न चाहनुभएन भने त्यो उहाँको व्यक्तिगत स्वतन्त्रताको कुरा हुन्छ नभए हामीले प्रयास जारी राखेका छौं, उहाँले भन्नुभयो । यही अवस्थामा मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको बैठक अहिले सुरु हुन लागेको हो । यसअघि दुइ पटक एमाले स्थायी कमिटी बैठक सरेको थियो ।

तपाईको प्रतिक्रिया