सर्वोच्च बार र प्रधान न्यायाधीशबीच वरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्न नियम संशोधन गर्ने सहमति

  जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : संवैधानिक इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू राख्न नियम संशोधन गर्ने सहमति जुटेको छ । संवैधानिक इजलासमा छनोट भएका न्यायाधीशका विषयमा विभिन्न टिप्पणी भए पछि आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र सर्वोच्च बारका पदाधिकारीहरूबीच भएको बैठकमा सो सहमति जुटेको बताइएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश तोक्ने विषयमा नियममा परिवर्तन गर्ने सहमति भएको बताउनुभयो । उहाँले संवैधानिक इजलाशमा वरिष्ठताका आधारमा न्यायाधीश तोक्ने र यसरी तोक्दा कुनै न्यायाधीशको कन्फिल्ट अफ इन्ट्रेस्ट् वा स्वास्थ्यका कारण आफू बस्न नसक्ने भए कारण उल्लेख गरी त्यसपछिको वरिष्ठतामा रहेका न्यायाधीशलाई तोक्ने सहमति भएको बताउनुभयो ।

उहाँले यसका लागि सर्वोच्चको फुल बेन्चबाट पास गरी एक हप्ताभित्रै सो नियम परिवर्तन गर्ने सहमति भएको बताउनुभयो । पत्रकारहरूले आजको निर्धारित सुनुवाइको विषयमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफमा शाक्यले आजको इजलास स्थगित हुन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया