आफ्नै पार्टी हितविरुद्ध लाग्नु इतिहासमै नभएको अनुशासनहीन कार्य : प्रधानमन्त्री

  जेठ १६, २०७८

काठमाडौं, जेठ १६ : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहीन कार्य भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्नेलगायतको कामप्रति असन्तुष्टि पोख्दै यस्ताे बताउनुभएको हो ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री ओलीले महिला हक, अधिकारका आन्दोलनमा सङ्घर्ष गर्नुभएको सबैमा सम्मान व्यक्त गर्नुभयो । जहाँ न्याय हुँदैन, त्यहाँ समानता हुन नसक्ने बताउनुहुँदै उहाँले आज पनि समानताको कुरा गर्दा कतिपयले कान टक्टकाउने गर्ने गरेको बताउनुभयो ।

अरुलाई अनावश्यक कुरा बोल्ने जस्ता कु–संस्कार समाजका लागि हानिकारक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसका लागि सामाजिक, आर्थिक र वैचारिक परिवर्तन हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया