काठमाडौं, जेठ १५ : भारतको उत्तरप्रदेशको वाराणसीमा एक नवजात शिशुमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बनारस हिन्दू विश्वविद्यालयको सर सुन्दरलाल अस्पतालमा आमाको कोरोना रिपोर्ट नेगेटिभ देखिए पनि नवजात शिशु कोरोनाबाट सङ्क्रमित रहेको फेला परेको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट कौशनकुमार गुप्ताले मई २५ मा जन्मिएको उक्त बालिकामा कोरोना सङ्क्रमणको पुष्टि भएको बताउनुभएको छ । बच्चा जन्मिनुभन्दा एक दिन अघि आमाको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । उहाँले आरटीपीसीआर परीक्षणमा समेत केही त्रुटि र सीमितता रहेको बताउनुभएको छ ।






