भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा कम सङ्क्रमित थपिए

  जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा कम सङ्क्रमितको पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार ९२१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । शुक्रबार एक लाख ८६ हजार १६३ जना सङ्क्रमित थपिएको थियो ।

भारतीय समाचार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार थपिएका सङ्क्रमितसँगै कोरोना कुल सङ्क्रमित दुई करोड ७७ लाख २९ हजार २४७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ६१७ सङ्क्रमितको मृत्यु भएको हो ।

भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट तीन लाख २२ हजार ५१२ जनाले ज्यान गुमाएका छन् । भारतमा हाल २२ लाख २८ हजार ७२४ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ८० हजार ४८ नमूना परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया