छ लाख ४८ हजारले कोरोनाविरुद्धको खोपको दुवै डोज लगाए

  जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालमा छ लाख ४८ हजार जनाले कोभिड १९ विरुद्धको दुबै खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबारसम्म नेपालमा छ लाख ४८ हजार ६८ जनाले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो डोज खोप लगाएका छन् । नेपालमा आष्ट्रा जेनेकाले विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप र चीनको भेरोशेल खोप लगाइँदैछ ।

जनवरी २७ मा नेपालले पहिलो चरणका अग्रपंक्तिमा खटिने कर्मचारीहरुबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको थियो । दोस्रो चरणमा ६५ वर्ष उमेरभन्दा बढीको जेष्ठ नागरिकलाई खोप लगाइएको छ । खोप अभावले युवा वर्गमा खोप कार्यक्रम अझै सञ्चालन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया