राष्ट्रिय सभा सदस्य डा. देवकोटाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच डा. देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी गराउनुभयो ।

डा. देवकोटा सत्ताढ दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । एमाले भित्रकै नेता माधवकुमार नेपाल पक्षका सांसद तथा जनप्रतिनिधिले डा. देवकोटाको पक्षमा मतदान गरेपछि उहाँको जित सुनिश्चित् भएको थियो ।

तपाईको प्रतिक्रिया