उपत्यकामा दुई हजार ३२४ सङ्क्रमित थपिए

  जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ३२४ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ३२४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७९६, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ मा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा हाल १६ हजार ५६७, ललितपुरमा छ हजार ६४१ र भक्तपुरमा चार हजार ६५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित काठमाडौंमा एक लाख ८५ हजार ६६७, ललितपुरमा ३२ हजार ७०५ र भक्तपुरमा १९ हजार ५७० पुगेको छ । काठमाडौंमा हालसम्म कोरोना सङ्क्रमणले एक हजार ५६८ सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा ४१८ र भक्तपुरमा हालसम्म ३१२ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया