नौ हजार ८४१ कोरोनामुक्त, ६ हजार ८५५ संक्रमित थपिए, ९६ को मृत्यु

  जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालमा एकैदिन नौ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो ।

हालसम्म चार लाख २८ हाजर ६७० जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ७८।१ प्रतिशत पुुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ ।

मन्त्रालयले हाल एक लाख १३ हजार ३९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया