काठमाडौं, जेठ १३ : सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान अवस्थामा रहेको विघटित प्रतिनिधिसभा सम्बन्धमा कानुनविज्ञहरुसँग परामर्श गर्नुहुँदै प्रतिनिधिसभा संस्थाको अवमूल्यन गर्ने काम किमार्थ स्वीकार नहुने जनाउनुभएको छ ।
बिहीबार दिउँसो बानेश्वरको सङ्घीय संसद ल्होत्से हलमा संविधानविद्, कानुनविज्ञहरुसँग उहाँले समसामयिक विषयमा सैवैधानिक तथा राजनीतिक विषयमा परामर्श गर्नुभएको थियो ।
प्रतिनिधिसभा संसदको संस्थाले नै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत सबैलाई जन्माउँछ र यो संस्थाको सबैभन्दा बढी उच्च सम्मान र रक्षा हुन सके मात्रै उक्त पदहरुको पनि थप श्रेष्ठ हुने सभामुख सापकोटाले बताउनुभएको हो ।






