उपत्यकामा दैनिक थपिने सङ्क्रमित घट्दो

  जेठ १२, २०७८

काठमाडौं, जेठ १२ : काठमाडौं उपत्यकामा दैनिक रुपमा थपिने कोरोना भाइरसका सङ्क्रमित घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार ४९३ सङ्क्रमित थपिएको जनाएको छ ।

मङ्गलबार उपत्यकाका तीन जिल्लामा २४ घण्टामा दुई हजार ६१३ जना सङ्क्रमित थपिएको थियो । सोमबार दुई हजार ७८५ सङ्क्रमित थपिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ तथा भक्तपुरमा ११३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो ।

देशभरि बुधबार ६ हजार ६७७ सङ्क्रमित थपिएको छ । मन्त्रालयका अनुसार देशभरि हाल एक हजार ६७१ जना आईसीयूमा रहेकोमा ४३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया