आठ हजार ३८७ थपिए, छ हजार ४०४ कोरोनामुक्त, १६९ को मृत्यु

  जेठ १२, २०७८

काठमाडौं, जेठ ११ : नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २२ हजार ३०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख २८ हजार ८४८ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा छ हजार ४०४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख चार हजार ८८७ जना कोरोनामुक्त भइसकेका छन् ।

हाल एक लाख १७ हजार २६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ७६।६ प्रतिशत छ । हालसम्म २९ लाख ५८ हजार ६२० नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयले २४ घण्टामा १६९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ६ हजार ७०० जनाको मृत्यु भएको छ । हाल ७१४ जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया