थप निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

  जेठ १२, २०७८

काठमाडौं, जेठ ११ : थप जारी गरिएको एक साता निषेधाज्ञामा काठमाडौं उपत्यका भित्र किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने भएको छ । आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको वैठकले उक्त निर्णय गरेको हो ।

यसै गरि निजी तथा सार्वजनिक निर्माणका काम पनि बन्द गर्ने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । तरकारी, माछामासु र दूधका पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।

तपाईको प्रतिक्रिया