उपत्यकामा दुई हजार ६१३ सङ्क्रमित थपिए

  जेठ १२, २०७८

काठमाडौं, जेठ ११ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ६१३ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ६१३ सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८६३, ललितपुरमा ४२७ तथा भक्तपुरमा ३२३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । काठमाडौं जिल्लामा हाल १६ हजार ३३८ जना सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार १५२ र भक्तपुरमा चार हजार ९५३ जना सक्रिय सङ्क्रमित छन् ।

काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ५०५ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा ३९७ र भक्तपुरमा ३०२ सङ्क्रमितको हालसम्म मृत्यु भएको छ । काठमाडौंमा हालसम्म एक लाख ८० हजार ९९४, ललितपुरमा ३१ ह्जार ७८५ र भक्तपुरमा १८ हजार ९७९ जना सङ्क्रमित दर्ता गरिएको छ ।

तपाईको प्रतिक्रिया