सभामुख र पूर्व सभामुखबीच छलफल, सदनबाटै समस्या हुन नसकेकोमा चिन्ता व्यक्त

  जेठ ११, २०७८

काठमाडौं, जेठ ११ : मङ्गलबार नयाँ बानेश्वरको सङ्घीय संसद्काे ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटा र पूर्व सभामुखहरुबीचको छलफल सम्पन्न भएको छ ।

छलफलमा पछिल्लो समय देशमा उत्पन्न भइरहेको राजनीतिक सङ्कटप्रति चिन्ता व्यक्त गरिएको पूर्व सभामुख रामचन्द्र पौडेलले बताउनुभयो । देशमा उत्पन्न राजनीतिक र संवैधानिक सङ्कटहरुलाई सदनबाट समाधान निकाल्न नसक्नु मुख्य समस्या भएको पौडेलले बताउनुभयो ।

पछिल्लो समय राष्ट्रपतिबाट प्रतिनिधिसभा भङ्ग गरिएकोमा वर्तमान अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले संसद्को रक्षाका लागि केही पहल चाल्न सक्ने पनि उहाँले बताउनुभएको छ ।
छलफलमा पूर्व सभामुखहरु ओनसरी घर्ती मगर, कृष्णबहादुर महरा, दमननाथ ढुङ्गाना र तारानाथ रानाभाट सहभागी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया