‘एयर इन्डिया’को वेबसाइटमा साइबर आक्रमण

  जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : भारतको राष्ट्रिय ध्वजावाहक ‘एयर इन्डिया’को डाटा सर्भरमा साइबर आक्रमण भएको छ । साइबर आक्रमणबाट एयर इन्डियाका ४५ लाख उपभोक्ताको गोपनीयता चुहावट भएको बीबीसीले उल्लेख गरेको छ ।

पहिलो पटक गत् फेब्रुअरी महिनामा एयर इन्डियाको सर्भरमाथि साइबर आक्रमण हुँदा राहदानी, टिकट तथा क्रेडिट कार्ड लगायतको सूचना चुहिएको थियो । तर साइबर आक्रमण लक्षित गरिएको सर्भरमा क्रेडिट कार्डको सुरक्षा बिवरण भने भण्डारण नगरिएको प्रष्ट्याएको छ ।

आक्रमणको पछाडि रहेको ब्यक्ति वा संस्थाबारे जानकारी आइसकेको छैन् । साइबर आक्रमणमा २६ अगष्ट २०११ देखि २० फेब्रुअरी २०२१ सम्म दत्र्ता गरिएको तथ्याङ्क लक्षित गरिएको स्टार अलायन्स नेटवर्कले जनाएको छ । स्टार अलायन्स नेटवर्कले सबै ग्राहकलाई एयर इन्डियाको ब्यक्तिगत् पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।

यसअघि सन् २०१८ मा बेलायती ध्वजाबाहक विमान कम्पनीमाथि साइबर आक्रमण हुँदा चार लाख ग्राहकको सूचना चुहावट भएको थियो । जसबापत् ब्रिटिश एयरवेजले दुई करोड ६० लाख डलर जरिवाना तिर्नुपरेको थियो ।

तपाईको प्रतिक्रिया