रिक्त सात मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

  जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात मन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

सर्वोच्च अदालतले सांसद नरहेका सात मन्त्रीलाई काम गर्न रोक लगाएसँगै मन्त्री विहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको हो ।

तपाईको प्रतिक्रिया