आठ हजार ३०५ मा संक्रमण, १९० को निधन, निको हुने दर ७५.१ प्रतिशत

  जेठ ०६, २०७८

काठमाडौं, जेठ ६ : पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त संख्मा संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो । ६ हजार ५४३ जना भने निको भएका छन् ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार ८४७ को निधन भएको छ । कूल चार लाख ८८ हजार ६४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् ।

यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको संख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६ निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ ।

भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३ निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको छ । ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको छ ।

तीन चिकित्सकको मृत्यु
कोरोना संक्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिनुभयो ।

मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म कोरोनाभाइरस संक्रमणबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया