काठमाडौं, जेठ ६ : भारतमा थप तीन हजार ८७४ जना संक्रमितको मृत्यु भएको छ । बुधबार चौबीस घण्टामा दुई लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको छ ।
भारतको केन्द्रिय स्वास्थ्प तथा परिवार कल्याण्ड मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक बमोजिम कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म दुई लाख ८७ हजार १२२ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ । भारतमा हालसम्म भारतमा १८ करोड ७० लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन ।






